हुम्लाको चंखेली गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडाैं | असार २४, २०८०
काठमाडौैं: ट्यांकी निर्माण नै नगरी भुक्तानी दिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आर्थिक वर्ष २०७८/०७९ मा कर्णाली प्रदेशको मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चंखेली गाउँपालिका–२ मा खानेपानीको ट्यांकी निर्माण गर्ने योजना थियो । तर ट्यांकी निर्माण नै नगरी नापी किताब, कार्यसम्पन्न प्रतिवेदन र उपभोक्ताको बिलमा चढाई बढी मूल्यांकन गरी भुक्तानीदिएको अख्तियारको आरोप छ ।
प्रमुख प्रशासकीय अधिकृत शाहीले ६ लाख ४८ हजार ७८६ रुपैयाँ हानीनोक्शानी पुर्याएको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले बताए ।
यो घटनामा अख्तियारले चंखेली गाउँपालिकाका इन्जिनियर मानबहादुर ऐडी, प्राविधिक सहायक गोभधन बोहरा, लेखापाल नवीन रेग्मी, चंखेली गाउँपालिका–२ का तत्कालिन वडाध्यक्ष हरिहर उपाध्याय, ट्यांकी निर्माण उपभोक्ता समितिका अध्यक्ष गोपाल विश्वकर्मा, सचिव प्रयोगलाल जैसी, कोषाध्यक्ष नन्दादेवी देवकोटा धितालविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

